दफा ११
आधिकारिक ट्रेड यूनियनको मान्यता
: (१) आधिकारिक ट्रेड यूनियनको निर्वाचनमा सम्बन्धित प्रतिष्ठानको कामदारहरुको बहुमत प्राप्त गर्ने प्रतिष्ठानस्तरको ट्रेड यूनियन कामदारहरुको तर्फबाट व्यवस्थापकसंग सामूहिक सौदावाजी गर्न मान्यता प्राप्त आधिकारिक ट्रेड यूनियन
मानिनेछ ।
(१क) कुनै प्रतिष्ठानमा एउटा मात्र ट्रेड युनियन दर्ता भएकोमा सो भएको मितिले तीन महिनाभित्र अर्को ट्रेड यूनियन दर्ता नभएमा पहिले दर्ता भएको ट्रेड यूनियनलाई नै आधिकारिक ट्रेड यूनियनको रुपमा मान्यता दिइनेछ ।
(१ख) उपदफा (१क) बमोजिमको तीन महिनाको समायावधि गणना गर्दा यो ऐन प्रारम्भ भएको मितिदेखि गणना गरिनेछ ।
(२) उपदफा (१) बमोजिम मान्यता प्राप्त आधिकारिक ट्रेड यूनियनले त्यसरी मान्यता प्राप्त गरेको मितिले पैंतीस दिनभित्र सो कुराको लिखित सूचना पञ्जिकाधिकारी र व्यवस्थापकलाई दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम सूचना प्राप्त भएको मितिले पन्ध्र दिनभित्र पञ्जिकाधिकारीले तोकिए बमोजिम आधिकारिक ट्रेड यूनियनको प्रमाणपत्र दिनु पर्नेछ ।
(४) अधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।